जसपा नेता एवम समाजिक अभियन्ता शर्राफको प्रधानमन्त्रीलाई चिठी,नारायणी अस्पताललाई जेनरल अस्पाताल बनाउनु पर्ने माग

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ ११ गते

युवा अभियन्ता ओमप्रकाश शर्राफले नारायणी अस्पताललाई जेनरल अस्पतालको रुपमा रुपान्तरण गर्नु पर्ने जोडदार माग गरेका छन् । सरकारले नारायणी अस्पताललाई कोभिड अपस्ताल घोषणा गरे देखि नै शर्राफ सहित बिभिन्न राजनितिक पार्टीले समेत बिरोध गर्दै आएका छन् । ओमप्रकाश शर्राफ,नेजामुदिन समानी लगायतका अभियन्ताहरुले बिगत २२ दिन देखि आफ्नो घरको मुलगेटमै नारायणी अस्पताललाई जेनरल अस्पताल बनाउनु पर्ने भन्दै धर्ना दिदै आएका छन् ।

बिरोधकै कार्यक्रम स्परुप शर्राफले आईतवार प्रधान मन्त्री केपीशर्मा ओलीलाई एक चिठी लखेका छन् । चिठीमा शर्राफले गरिब जनताहरुको लागि उपचारको केन्द्र बिन्दु रहदै आएको नारायणी अस्पताललाई सरकारले कोभिड अस्पताल घोषणा गरे पछि अस्पतालले दिदै आएको ओपिडी,प्रस्ती तथा शल्यक्रिया सम्बन्धी सम्पूर्ण सेवा बन्द रहेको प्रधान मन्त्रीलाई जानकारी गराएका छन् । अस्पतालको सेवा बन्द हुदा हाल सम्म थुर्पै जनाले ज्यान गुमानु परेको तथा गरिब,असाह जनताहरु महगो उपचार सेवा लिन बाध्य रहेको समेत शर्राफले चिठीमा उल्लेख गरेका छन् ।

उनले नारायाणी अस्पताललाई जेनरल अस्पताल बनाउन पर्सामा सर्वपक्षिय सहमती रहेको लेख्दै गरिब जनताको जिवधनको रक्षाको लागि नारायणी अस्पतालको बिकल्पमा अर्को ठाउँमा कोभिड अस्पताल संचालन गरी यथासिघ्र अस्पताललाई जेनरल अस्पतालको रुपमा संचालन गर्न अनुरोध गरेका छन् ।

नारायणी अस्पतालले दिनहु १२ सय भन्दा बढी ओपीडी चेकजाँच,६० भन्दा बढीलाई प्रस्ती सेवा, दर्जनौको हराहारीमा शल्यक्रिया तथा मृगौला रागीहरुको डाइलँसिस सेवा प्रदान गर्दै आएको थियो । सरकारले अस्पताललाई कोभिड अस्पतालको रुममा रुपान्तरण गरे सँगै वीरगन्जमा सर्वपक्षिय बिरोधका कार्यक्रम हुदै आएको भए पनि हाल सम्म सरकारको तर्फ अस्पतालको जेनरल सेवा सुचारु तर्फ कुनै पहल भएको छैन् ।

शर्राफले चिठी प्रधान मन्त्रीको कार्यालयमा मेल गरिएको जनाकारी दिदै अस्पतालको सन्दर्भमा प्रधान मन्त्रीको तर्फबाट सकारात्मक पहल हुनेमा आशाबादी रहेको वताउनु भयो । चिठीको प्रतिलिपि स्वास्थ्य मन्त्रालयमा पनि पठाइएको वहाँले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *