चीनद्धारा प्रस्तावित सुरक्षा कानून विरुद्ध हङकङ्मा विरोध गर्नेहरूमाथि प्रहरीद्धारा अश्रुग्यास प्रहार

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ ११ गते

प्रहरीले हङकङ्‌का लागि चीनले प्रस्ताव गरेको सुरक्षा कानूनको विरोध प्रदर्शनमा सहभागीहरू विरुद्ध अश्रुग्यास प्रहार गरेको छ। उक्त विरोध प्रदर्शनमा सयौँ मानिसहरू हङकङ्‌का मुख्य भागमा प्रदर्शनमा सहभागी छन्। केही अघि हङकङ्‌मा बेइजिङले लगाउने भनिएको नयाँ सुरक्षा कानूनको भत्सर्ना गर्दै विश्वभरका करिब २०० बरिष्ठ राजनीतिक व्यक्तित्वहरूले गम्भीर चिन्ता प्रकट गरेका थिए।

यूरोप, एशिया, उत्तर अमेरिका र अस्ट्रेलियाका हस्ताक्षरकर्ताले उक्त योजना शहरको स्वायत्तता, विधिको शासन र आधारभूत स्वतन्त्रतामाथि बृहत् आक्रमण भनेका छन्। चीनले एउटा कानून पारित गर्न खोज्दैछ जसले “राज्यद्रोह, विद्रोह र राज्य विभाजन, राज्य विध्वंश”मा प्रतिबन्ध लगाउनेछ।

यो हप्ताको शुरूमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले त्यो योजनाको भत्सर्ना गरेका थिए र त्यसले शहरको स्वतन्त्रतामाथि प्रहार गर्नेछ भनेका थिए। यूके, अस्ट्रेलिया र क्यानडाले पनि ‘गम्भीर चिन्ता’ प्रकट गरेका छन्।

   बेइजिङको समर्थन गर्ने भनिएकी हङकङ्‌की नेतृ क्यारी ल्यामले प्रस्तावित कानूनको पूर्ण समर्थन गरेकी छन् र शहरको स्वतन्त्रता परिवर्तन नहुने बताएकी छन्। हङकङ्स्थित चिनियाँ विदेश मन्त्रालयको शाखाले विदेशी लगानी प्रभावित पार्ने भन्ने त्रास अस्वीकार गर्दै ‘चलखेल’ गर्ने मुलुकहरूको आलोचना गरेको छ। अभियानकर्ताहरूले आइतवार विरोध प्रदर्शनको आह्वान गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *