गणतन्त्र दिवसको अवसरमा बिरगंजको कारागारबाट ७ जना कैदी रिहा

अनलाईन न्युजपाटी सन्जु छत्कुलि,बीरगन्ज समाचारदाता जेठ १५ गते

आज १३ औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट ७ जना कैदीबन्दी आज रिहा भएका छन। अहिले सम्म प्रदेश २ मा रिहा हुनेको संख्या १२ पुग्यो। सप्तरी कारागारबाट २ जना, सिराहा कारागारबाट १ जना र महोत्तरी कारागारबाट २ जना गरी जम्मा १२ जना कैदी गणतन्त्र दिवसको अवसरमा रिहा भएका छन।

वीरगञ्ज कारागारबाट सवारी ज्यान मुद्वाका ३ जना, बन पैदावार र अङ्गभङ्ग मुद्दामा एक-एक जना गरी जम्मा सात जना रिहा गरिएको हो।

मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय सकीसकेको कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने निर्णयपछि उनीहरुलाई रिहा गरिएको पर्सा कारागार प्रमुख श्रवण कुमार पोखरेलले जनाएका हुन।

रिहा गरिएकोमा राम्रो चाल चलन रहेको ५० प्रतिशत कैद भुक्तान भएको मुद्दा अन्तिम किनारा लागेको र सरकारले प्रतिबन्ध लगाएका १९ प्रकारका मुद्दाहरु बाहेकका कैदीहरुलाई रिहा गरिएको कारागार प्रमुखले बताएका छन।

रिहा भएका कैदीहरुलाई टिका लगाई विदाई गरेको कारागार प्रमुखले बताएका हो र कुनै कारण अपराधिक गतिविधिमा संलग्न नहुनु भन्ने शुभकामना पनि व्यक्त दिएका छन।

णतन्त्र दिवसको अवसरमा कारागारबाट रिहा भएका ७ जना कैदीबन्दीले जेलभित्र कोरोना भाइरसको बढी त्राश भएको बताए छन। तर कोरोनाको त्रास बाहिर र भित्र केही फरक नरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *