अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १५ गते
आज देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको स्वाब परीक्षणमा थप प्रदेश न २ को ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार धनुषाबाट २९ जना ४ बर्सिय बालिका, ८ बालक, दुई जना महिला सहित २५ जना पुरुष हुनुहुन्छ । २५ जना पुरुषहरुको उमेर समुह १४ देखि ७० बर्षका हुनुहुन्छ ।

महोत्तरीबाट १ जना ४५ बर्सिय महिला सहित, १६ जना पुरुष उमेर समुह १५ देखि ४५ का १७ जना हुनुहुन्छ । सप्तरीबाट १२ जना पुरुष १८ देखि ४२ बर्षका हुनुहुन्छ। सर्लाहीबाट ७ जना उमेर समुह १७-३१ पुरुष हुनुहुन्छ । सिरहा ६ जना पुरुष उमेर समुह १४-४० बर्षका हुनुहुन्छ । रौतहटबाट २० जना पुरुष, ८ बर्सिय बालक देखि ४० बर्ष सम्मको हुनुहुन्छ ।
यो संगै आज प्रदेश न २ को आठ जिल्लामा कुल संक्रमितको संख्या ४१५ पुगेको छ। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।