आज थप एक जनाको मृत्यु संगै, १५६ जनामा सङ्क्रमण भएको पुष्टि

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १५ गते

आज  देशका  विभिन्न प्रयोगशालाहरूमा गरिएको स्वाब परीक्षणमा थप १५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार  बिहीबार  दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।  पछिल्ला दिनमा भारतबाट आउनेहरूको संख्या बढेसँगै नेपालमा पनि संक्रमितको संख्या तीव्र रूपले बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *