भारतमा एकै दिनमा थपिए ४६ हजार ४८४ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १३ गते।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा भयावह बन्दै गएको छ ।वल्डोमिटरको तथ्यांक अनुसार २४ घण्टामा मात्रै  भारतमा ४६ हजार ४८४ जनामा संक्रमित थपिएका छन् । योसँगै  कुल संक्रमित संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९ लाख ५३ हजार १८९ संक्रमणमुक्त भएका छन् भने ४ लाख ९५ हजार ८६६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६३६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको ३३ हजार ४४८ पुगेको वर्ल्डओमिटर्सले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित अमेरिका त्यसपछि ब्राजिल र तेस्रोमा भारतमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *