धनगढीमा रोकिएको ट्रकमा मोटरसाईकल ठोकिदा दुर्घटना

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, साउन १३ गते

धनगढीमा रोकिएको ट्रकमा मोटरसाईकल ठोकिदा दुर्घटना भएको छ। धनगढको चटकपुरमा रोकिएको ना ६ ख ५८६९ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ००१-००८ प ७४९१ नम्बरको मोटरसाइकल ठोकिएको कैलाली प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमा सवार धनगढी बोराडाडी बस्ने ३७ वर्षिय आसानन्द चौधरी घाईते भएका छन्। उनको मायाँ मेट्रो अस्पतालमा उपचार हुँदैछ। उनको स्थायी घर सप्तरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। ६ लेन सडकमा जथाभावी गाडी पार्किङ गरिदा दुर्घटनाको जोखिम बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *