आजबाट मनसुन सक्रिय, सतर्कता अपनाउन सबैमा आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १३ गते

मुलुकका विभिन्न स्थानमा (आज) मंगलबार पनि वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अरब सागरबाट जलवायुयुक्त वाष्पीकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन सबैमा आग्रह गरिएको छ ।

मंगलबार दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार राती : देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशको एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *