भारतमा पछिल्लो २४ घण्टामा थपिए ५४ हजार ७३६ कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १८ गते

भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार  ७३६ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरस संक्रमितको संख्यामा प्रत्येक दिन नयाँ रेकर्ड बन्दै आएको भारतमा पछिल्लो २४ घण्टाका सहित संक्रमितको  संख्या १७ लाख ५४ हजार ११७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण ८५२ को ज्यान गएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या भारतमा ३७ हजार ४ सय १५ पुगेको छ । त्यस्तै ११ लाख ४८ हजार १०३ जना निको भएर घर फर्किएका छन् । ५ लाख ६७ हजार ६ सय ३७ जना उपचाररत छन् । त्यसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *