अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, साउन १८ गते
गण्डकी प्रदेशमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान प्रदेशको कास्की जिल्लाका ४ जना पुरुष तथा २ महिला, तनहुँका २ जना पुरुष, स्याङजाका ६ पुरुष तथा २ महिला, लमजुङका ३ पुरुष र बागलुङका १ पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार २ सय ४५ जना निको भएर घर फर्किएका छन् ।