अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १८ गते
अमेरिकामा शनिबार २४ घण्टामा कोभिड–१९ सङ्क्रमित १ हजार ४४२ व्यक्तिको मृत्यु भएको छ ।
विश्वको सबैभन्दा बढी कोरोना सङ्क्रमणबाट सङ्क्रमित र मृत्यु भएको अमेरिकामा कोरोना भाइरसका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार २६८ पुगेको अमेरिकाको आधिकारिक तथ्याङ्क छ ।
अमेरिकामा विगत २४ घण्टामा कोरोना सङ्क्रमणबाट सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । त्यसै गरि कोरोना सङ्क्रमणलाई जितेर घर फर्किनेको संख्या १४ लाख छ ।