विश्वमा दुई करोड ६७ लाख भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २० गते

विश्वमा दुई करोड ६७ लाख बढी कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ ।

विश्वमा एकै दिन दुई लाख ८८ हजार सात सय ७१ जनामा संक्रमण पुष्टि भएपछि विश्वमा संक्रमित संख्या दुई करोड ६७ लाख ८५ हजार ४६२ पुगेको हो । कोरोनाका कारण एकै दिन पाँच हजार पाँच सय ४१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या आठ लाख ७८ हजार ८०८ पुगेको छ ।

विश्वमा एक करोड ८८ लाख ९५ हजार ४१२ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । ७० लाख १४ हजार दुई सय २२ जना उपचाररत रहेकोमा ६० हजार नौ सय १८ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *