भारतमा एकै दिनमा थपिए ८७ हजार ११५ जना नयाँ कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २० गते

भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र ८७ हजार ११५ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएको छ । ६९ हजार छ सय ३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार ६६ जनाको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ ।

३१ लाख चार हजार पाँच सय १२ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । आठ लाख ४६ हजार ९२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *