अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १० गते
युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीहरुले जनाएका छन् ।
एन्तोनोव–२६ विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको हो । खार्किभ एयर फोर्स विश्वविद्यालयबाट प्रशिक्षार्थी वायु सेनाका जवानलाई लिएर विमानले प्रशिक्षण उडान भरेको थियो।
आपतकालीन मन्त्रालयका अधिकारीले विमानमा २७ जना रहेको बताएका छन् । दुर्घटनामा दुईजना गम्भीर घाइते छन् । अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ । विमान दुर्घटनाको कारण भने खुलेको छैन ।