अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १० गते
भारतमा पछिल्लो २४ घण्टाभित्रमा ८५ हजार चार सय ६८ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५९ लाख एक हजार पाँच सय ७१ पुगेको हो ।

भारतमा कोरोनाका कारण ९३ हजार चार सय १० जनाको मृत्यु भइसकेको छ । एकै दिन एक हजार ९३ जनाले ज्यान गुमाए ।
संक्रमितमध्ये ४८ लाख ४६ हजार एक सय ६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नौ लाख ६१ हजार नौ सय ९३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।