अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १० गते
दुबईमा भएको आईपीएलको सातौं खेलमा दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्सलाई ४४ रनले हरायो।
दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्सलाई १७६ रनको लक्ष्य दियो। जवाफमा कप्तान धोनीको टीम २० ओभरमा सबै विकेट गुमाउदै १३१ रनमा सिमेटियो।
चेन्नाईको लागि फाफ डु प्लेसिसले सर्वाधकि ४३ रन बनाए। उनले ३५ बलमा ४ चौका प्रहार गरेका थिए।
यता केदार जाधव २६, महेन्द्रसिंह धोनी १५, शेन वाटसन १४, रविन्द्र जडेजा १२ र मुरली विजयले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक छुन सकेनन्।
दिल्लीका लागि अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। कागिसो रबाडाले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। एनरिच नोर्टजेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो।
दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले उत्कृष्ठ खेल प्रदर्शन गरे।
धवन २७ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए। शालाई ६४ रनमा स्टम्पिङ आउट भए। शाले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे।