अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १० गते
हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ।
हाल कर्णाली प्रदेश, सुदुर-पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न. १ बाग्मति प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा भइरहेको छ ।
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ को एक/ दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका का एक/ दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रदेश नं १,प्रदेश नं २ र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।