विश्वमा एकै दिनमा थपिए ६ लाखभन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २५ गते

विश्वमा पछिल्लो २४ घण्टामा साढे ६ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ६ लाख ७७ हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १२ लाख ४४ हजार ५८७ पुगेको छ ।

विश्वमा पछिल्लो २४ घण्टामा ८ हजार ३११ संक्रमितको मृत्यु भएको छ। विश्वमा कोरोनाका कारण हालसम्म १२ लाख ६९ हजार ३२१जनाको मृत्यु भइसकेको छ ।

विश्वमा हालसम्म निको हुनेको संख्या ३ करोड ६ लाख ५५ हजार ५३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *