भरुवा बन्दुकसहित एक जना तनहुँबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २५ गते

भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले तनहुँको भीमादबाट पक्राउ गरेको छ ।  भरुवा बन्दुक लिएर हिडिरहेको अवस्थामा भीमाद नगरपालिका-२ बन्दीछापबाट टुकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी किँहुबाट खटिएको प्रहरी टोलीले भीमाद नगरपालिका–२ बन्दीछापको सीमलबोट निवासी ६० वर्षीय टुकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको तनहुँ स्थित ईलाका प्रहरी कार्यालय बेलचौतारा प्रहरी कार्यालयले जनाएको छ । 

थापा बिरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *