बाणिज्य बैंकहरुमा ६ हजार कर्मचारी कोरोना संक्रमित, तिहारमा पनि बैंकका सबै शाखा बन्द हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २५ गते

तिहारमा पनि कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बाणिज्य बैंकहरुको सबै शाखा बन्द हुने भएको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले एक सूचना जारी गर्दै तिहारमा कुनै पनि शाखा नखुल्ने बताएको  छ ।

यद्यपि डिजिटल बैंकिङ र एटिएक सेवाहरु भने सुचारु रहनेछन् । बाणिज्य बैंकहरुमा हालसम्म ६ हजार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैकिङ क्षेत्रमा हाल ५० हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको भनिएको छ ।  कोरोनाको बढ्दो क्रास र ठुलो संख्यामा कर्मचारीमा कोरोना हुँदा पनि आफूहरुले सेवा दिइरहेको बैकर्स एसोसिएसनले भनेको छ । साथै कोरोना भाइरसबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि पनि डिजिटल कारोबार गर्न संघले आग्रह गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *