प्रतिबन्धित लागुऔषधसहित दुई जना रौतहटबाट पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, कार्तिक २५ गते

प्रतिबन्धित लागुऔषध अफिमसहित दुई जनालाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका ७ भवराटोल बस्ने २३ वर्षीय सोमबहादुर लामा र सर्लाहीको बागमती नगरपालिका १२ बागमती बस्ने ३० वर्षीय दिलबहादुर थिङ्ग छन् ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसरदेखि जंगलसहिया जाने बाटोमा ना १६ प ७८२५ नं को मोटरसाईकलमा लुकाईछुपाई ल्याइरहेको औषध अफिम १ किलो ८०० ग्रामसहित उनीहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *