अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर २६ गते ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७ करोड ७ लाख ११ हजार ३६८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ लाख ६९ हजार ९ सय बढी संक्रमित थपिएको वर्ल्डोमिटर्सले जनाएको छ।

विश्वमा पछिल्लो २४ घण्टामा १२ हजार ५४१ जनाको मृत्यु भएको हो। हालसम्म १५ लाख ८८ हजार २४७ संक्रमितको मृत्यु भइसकेको छ।
यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ९९ लाख ६२ हजार ६१७ छ। त्यसमध्ये एक लाख ६ हजार ८१९ गम्भीर अवस्थाका छन्।
यस्तै संक्रमणमुक्त हुनेको संख्या ४ करोड ९१ लाख ३९ हजार ५५८ पुगेको छ।