कोरोना कसरी सुरुवात भएको थियो भन्नेबारे अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनको वैज्ञानिकको एक टिम वुहान जादै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २ गते।

विश्वभर अहिले पनि कोरोनाभाइरसका कारण ठूलो समस्या देखिइरहेको छ । गत वर्ष डिसेम्बरमा सबैभन्दा पहिले यो भाइरस मानिसमा चीनको वुहानमा देखिएको थियो ।

अब त्यही वुहानमा विश्व स्वास्थ्य संगठनको वैज्ञानिकको एक टिम जाने भएको छ । यो टिमको मुख्य उद्देश्य कोरोना कसरी सुरुवात भएको थियो भन्नेबारे जानकारी लिनु हो ।

तर चीनले डब्लुएचओलाई कोरोना महामारीबारे स्वतन्त्र रुपमा छानविन गर्नका लागि भने अझै अनुमति नदिएको बताइएको छ । लामो समयदेखि डब्लुएचओले गरेको प्रयासअनुसार वुहानमा अनुसन्धानका लागि चीनले अनुमति दिएको हो ।

यसअघि जनावरहरुको काँचो मासुबाट कोरोना भाइरस सरेको बताइएको थियो । वुहान शहरमा जनावरहरुको अत्याधिक व्यापार र खपत हुने गरेको बताइएको छ । तर डब्लुएचओले अनुसन्धान नगरेसम्म त्यसको पुष्टि भने हुन बाँकी छ ।

अहिलेसम्म कोरोनाभाइरसको सुरुवात चीनको वुहानमा जनावरहरुको मासु पाइने एक बजारमा भएको विश्वास गरिन्छ । यही कारण अमेरिका र चीनबीच लामो समयदेखि विवाद पनि बढ्दै गएको छ ।

डब्लूएचओको यो टिम त्यहाँ पाँच साता रहने अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

One thought on “कोरोना कसरी सुरुवात भएको थियो भन्नेबारे अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनको वैज्ञानिकको एक टिम वुहान जादै

Leave a Reply

Your email address will not be published. Required fields are marked *