अनलाईन न्युजपाटी,एजेन्सी ,समाचारदादाता,चैत ७ गते।
बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा फाँसी
दिइएको छ ।सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५:३० बजे फाँसी
दिइएको हो
।यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो ।