काठमाडौँमा आज बिहान भूकम्पको धक्का महसुस

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ७ गते।

काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । चीनको पश्चिमी सीजाङमा गएको ५.६ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो । राष्ट्रिय भूकम्पमापन केन्द्रले पनि आजको भूकम्पको केन्द्रविन्दु नेपालभित्र नरहेको बताउँदै यसबारे आधिकारिक जानकारी आउन बाँकी रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *