अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ ४ गते
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो प्रशासनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सम्बन्धी आएका धेरै प्रस्तावहरुमा विचार गरिरहेको बताएका छन्।
प्राप्त भएका थुप्रै प्रस्तावहरुमा एक प्रस्तावमा विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले यसअघि उपलब्ध गराउँदै आएको सहायता रकमको १० प्रतिशतसम्मको रकम पुनः उपलब्ध गराउन सकिने र बाँकि ९० प्रतिशत डब्लुएचओलाई दिने रकम अझै ‘फ्रिज’ नै रहेको उल्लेख गरेका छन् सम्मका प्रस्ताव छन्।
ट्रम्प प्रशासनले डब्लुएचओलाई चीनको पक्ष गरेको र कोरोना भाइरस प्रकोपबारे अगावै सचेत नगराएको आरोप लगाउँदै अप्रिल १४ मा सहयोग रकम रोक्ने घोषणा गरेको थियो।
अमेरिका डब्ल्युएचओको सबैभन्दा ठूलो दाता थियो। कोषको कुल बजेटमा अमेरिकाले १५ प्रतिशतसम्मको योगदान दिदैं आएको थियो। डब्लुएचओले भने बारम्बार ट्रम्प प्रशासनको आरोपलाई अस्वीकार गर्दै आएको छ। संगठनले आफू प्रकोप सम्बन्धी जानकारी र चेतावनीका बारेमा पारदर्शी रहँदै आएको बताउँदै आएको छ।
हामी पहिले दिने रकमको १० प्रतिशत रकम दिन तयार भएका हौं, जुन चीनको भुक्तानी बराबर हुन्छ । यही अन्तिम निर्णय भने होइन। अहिले बाँकि ९० प्रतिशत सबै कोष फ्रिज छ’, ट्रम्पले भने।