१ लाख भन्दा बढी भारतमा कोरोना संक्रमितको संख्या, ३१ सयको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ ६ गते

कोरोना भाइरस को संक्रमणले भयावह रूप लिएको भारतमा कुल संक्रमित संख्या १ लाख नाघेको छ । त्यहाँ सोमबार एकैदिनमा ४ हजार ६३० नयाँ संक्रमित थपिएका छन् । आइतबार भने एकै दिनमा हालसम्मकै बढी ५ हजार ५० नयाँ संक्रमित थपिएका थिए ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भारतले गत शुक्रबारबाटै कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनलाइ उछिनेको थियो । शनिबार पनि भारतमा ४ हजार ८६४ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ७ सय ८७ नयाँ संक्रमित थपिएका थिए ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५६ पुगेको छ । त्यहाँ सोमबार मात्र १३१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । आइतबार भने त्यहाँ १५४ को ज्यान गएको थियो, शनिबार पनि ११८ को ज्यान गएको थियो ।

संक्रमितमध्ये भारतमा ३९ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ५७ हजार ९ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मे सम्म जारी राख्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *