ट्रम्पले दियो विश्व स्वास्थ्य संगठन (WHO)लाई ३० दिने अल्टिमेटम

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ ६ गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (WHO)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि ३० दिनको  म्याद (अल्टिमेटम) दिएका छन् । उनले ३० दिनको समयमा (WHO)ले माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले (WHO)का प्रमुखलाई पठाएको पत्र पोष्ट गरेका छन् । यो पत्रमा उनले (WHO)ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना गरिएको छ । ट्रम्पले (WHO)ले चीनको वुहानबाट फैलिएको यो महामारीबारे प्राप्त भएको विश्वसनीय प्रतिवेदनलाई पनि बेवास्ता गर्दै आएको आरोप लगाए ।

ट्रम्पले (WHO)ले निरन्तर चीनको प्रशंसा गरेकोमा पनि आपत्ति जनाएका छन् । ट्रम्पले (WHO)ले आफ्नो सुधारको मागलाई अस्वीकार गरेको खण्डमा स्थायी रुपमा सहयोग रोक्नुका साथै (WHO)को सदस्यको रुपमा रहने वा नरहने भन्ने विषयमा पनि अमेरिकाले पुनर्विचार गर्न सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *