म्यानमारबाट ल्याइयो २६ नेपाली स्वदेश फर्किय

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २३  गते

२६ जना नेपाली नागरिक आज म्यानमारबाट नेपाल फर्केका छन् । नेपाली नागरिकहरुलाई तेस्रो मुलुकबाट स्वदेश फर्काउने अभियान अनुसार पहिलो लटमा आज म्यानमारका नेपाली स्वदेश फिरेका हुन् ।

उहाँहरू म्यानमारबाट ८.३८ बजे उडेको जहाजमा ११ बजे काठमाडौँमा आईपुग्नु भएको छ । म्यानमारको सैनिक एयरफोर्स जहाजमार्फत उहाँहरू स्वदेश फिर्नुभएको हो ।

म्यानमारबाट आएका नेपालीलाई यति पार्टी प्यालेस बसुन्धराको होल्डिङ सेन्टरमा राखिने सेनाले जनाएको छ । विदेशबाट आएका नेपालीको सुरुवाती व्यवस्थापन नेपाली सेनाले गर्ने जिम्मा पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *