कोभिड १९ महामारीको समयमा लुम्विनी पिस एकेडेमी द्धारा विद्यार्थीहरुको शुल्क नलिने निर्णय

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता जेठ २३ गते

कपिलबस्तुको सदरमुकाम तौलिहवा स्थित नयां टोलमा रहेको लुम्विनी पिस एकेडेमीले लकडाउन अवधि भरको विद्यार्थीहरुको शुल्क नलिने गर्ने निर्णय गरेको छ । विद्यालयका संचालक समितिका अध्यक्ष हरि राज शर्माको अध्यक्षतामा संचालक समितिको वैठकले कोरोना भाइरस कोभिड १९ को महामारीका कारण नेपाल सरकारले २०७६ चैत्र देखि जारी गरेको विभिन्न चरणमा गरी लकडाउन आगामी २०७७ जेठ ३२ गते सम्म रहने भएकाले यस बिद्यालयका विद्यार्थीहरुलाई लकडाउन अवधि भरको बैशाख देखि जेठ सम्म २ महिनाको शुल्क मिनाहा गर्ने निर्णय गरिएको विद्यालयका प्रधान अध्यापक गौरव कुमार गुप्ताले बताउनु भएको छ ।

  मुलुक कोरोना भाईरसको संक्रमणको यस्तो बिषम परिस्थितिमा आह्वान गरिएको लक डाउनका बेला विद्यालयको तर्फबाट विद्यार्थीहरुलाई पूर्ण सहुलियत प्रदान गर्न र शुल्क नलिने गरिएको विद्यालय संचालक समितिका अध्यक्ष हरिराज शर्माले बताउनु भयो ।   जिल्लामा लकडाउन अवधिमा शुल्क मिनाहाको निर्णय सार्वजनिक गर्ने यो विद्यालय नै सम्भवत पहिलो विद्यालय भएको प्रधान अध्यापक गौरव कुमार गुप्ताले दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *