लकडाउनको बेलामा जानकिटोला नाकाबाट सई अधिकारीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु

अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ २३ गते

विश्वब्यापी रुपले फैलिरहेको नोबेल कोरोना  भाईरसको  संक्रमणको संकटबाट बच्न आम सर्वसाधारण सरकारले लागु गरेको लकडाउनको पालना गरी घरमा रहेको बेला ईलाका प्रहरी कार्यालय जानकी टोलाले व्यापक रुपले तस्करी गराईरहेको समाचार प्राप्त भएको छ ।

 जानकिटोला ईलाका प्रहरी  कार्यालयका इन्चार्ज प्र.स.नी. अर्जुन अधिकारीले नाका छेउछाउ रहेका रक्सी भठ्ठीका संचालकहरुसंग आफ्नो घुमुवा मार्फत हप्तवारी असुल्दै आएको स्रोतले जनाएको छ । प्रहरीलाई हप्तवारी रकम दिएको भनी ती रक्सी भठीका सञ्चालकहरुले निर्बाध रूपले सीमावर्ती भारतका विभिन्न शहरहरूमा लक डाउनका सुरुवाती अवधि देखि नै रक्सी पैठारी गर्दै आएको समेत बताइएको छ ।

 प्रहरी चौकीका ईन्चार्ज प्र स नि अर्जुन अधिकारीको सेटिङ्गमा भारतको ईनार्वा बजार बाट सुर्ती , पान पराग , रजनीगन्धा , राजनिवास , कपडाको तस्करि रातिको समयमा ब्यापक रुपले भईरहेको छ ।

साथै सो चौकीका इन्चार्ज अधिकारीको निर्देशनमा घुमुवाको रूपमा परिचालित प्र.ह. गंगा राईले आफ्नो उपनाम विशाल बताउदै विभिन्न तस्करहरुको दैलो चाहरदै तस्करी गर्न उस्काई रहेको समेत नाम उल्लेख नगर्ने सर्तमा सोही कार्यालयका एक प्रहरी जवानले बताए ।

निजले बताए अनुसार केही तस्करहरुले लक डाउन अवधि भरी नै निर्बाध रूपले तस्करी गर्दै पनि आएका छन । जस वापत इन्चार्ज  अर्जुन अधिकारी स्वयमले मासिक रकम बुझ्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *