अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २३ गते
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” (NISARGA) चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १,प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५को अधिकांश भागमा मध्यम वर्षा भैरहेको अवस्था छ।
आज रातीको मौसम
प्रदेश २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू-भाग का केही स्थानहरुमा मेघगर्जन साथै चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी भू-भाग मा मेघगर्जन साथै चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ।
शनिबारको मौसम
प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ आंशिक बदली रही सु.प. प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,२, र बागमती प्रदेश मा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , कर्णाली प्रदेश र प्रदेश ५ मेघगर्जन साथै चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ।
शनिबार रातीको मौसम
प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन साथै चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ।