अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २३ गते
४० प्रतिशतभन्दा बढी चीनका सिनेमाघरहरू आर्थिक कारणले बन्द हुन सक्ने चिनियाँ चलचित्र सङ्घले सार्वजनिक गरेको एउटा प्रतिवेदनले औँल्याएको छ।
कोरोनाभाइरस महामारीका कारण हाल अस्थायी रूपमा बन्द रहे पनि दर्शकहरूलाई सिनेमाघरसम्म जान प्रेरित गर्न सङ्घर्ष गर्नुपर्ने सङ्घको आकलन छ।
इन्टरनेटमार्फत ग्राहकको विद्युतीय उपकरणमा सहजै स्ट्रीमिङ सेवा उपलब्ध भएपछि लाखौँ चिनियाँ नागरिकले अनलाइनमार्फत् चलचित्र हेरेर मनोरञ्जन लिएका छन्।
फलस्वरूप धेरै सिनेमाघरहरू स्थायी रूपमा बन्द हुन सक्ने एक चिनियाँ व्यापारविज्ञको ठम्याइ छ।
एउटा अनुसन्धान संस्था आइबीआइएस वर्ल्डका अनुसार चीनमा हाल १२,००० वटा भन्दा बढी सिनेमाघर छन्।
चलचित्र हेर्ने प्रवृत्ति बढेसँगै पछिल्लो दशकमा दुई गुणाले सिनेमाघरको सङ्ख्यामा वृद्धि भएको अनुमान छ।तर चिनियाँ चलचित्र सङ्घले गरेको सर्वेक्षण अनुसार प्रत्येक १० वटामध्ये चारवटा सिनेमाघर निकट भविष्यमा बन्द हुन सक्छन्।