अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, जेठ २३ गते
जनकपुरमा लकडाउनका बेला पसल खोलेको भन्दै प्रहरीले एकजना व्यापारीमाथि बिहिबार निर्मम कुटपिट गरेको थियो । जनकपुरको जानकी चोकमा केही व्यापारीले पसल खोल्न लागेको जानकारी पाएपछि बिहीबार बिहान प्रहरी सहायक निरीक्षकको टोली पसल बन्द गराउन गएको थियो।
सोही क्रममा त्यहा रहेका व्यापारी र प्रहरी सित बाद विवाद भएको थियो । जानकी चोक स्थित गीता गिफ्ट हाउस सञ्चालन गर्दै आएका श्याम चौधरीलाई प्रहरीले कुटपिट गरेको थियो। व्यापारी कुट्ने असई र एक जना जवानलाई कारबाही स्वरूप प्रदेश प्रहरी कार्यालय तानिएको छ।
जानकी प्रहरी चौकीका इन्चार्ज असई मेरुलाल चौधरी र प्रहरी जवान दीपक यादवलाई प्रदेश प्रहरी कार्यालय तानेको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।

दुवै जना यादव र चौधरीको काम गर्ने तरिकामा त्रुटी पाइएकाले उनीहरूलाई प्रदेश प्रहरी कार्यालय झिकाइएको हो,’डिआइजी सिंहले अनलाईन न्युजपाटीलाई जानकारी दिएका छन् ।