कलवार समाज पर्साले बिभिन्न बिपन्न परिवारहरुलाई जाडोबाट बच्नका लागी १ सय पचास जनालाई सिरक बितरण गर्यो

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, माघ २७ गते।

कलवार समाज पर्साले बिभिन्न बिपन्न परिवारहरुलाई जाडोबाट बच्नका लागी १ सय पचास जनालाई सिरक बितरण गरेको छ ।

कलवार समाजका पदाधिकारीहरुले आज एक कार्यक्रमको आयोजना गरी बीरगंजको टाउन हालमा डेढ सय गरिव परिवारहरुलाई सिरक बितरण गरेको हो ।

समाजले बीरगंज महानगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, र १७ नम्बर वडाका गरिव असहाय ब्यक्तीहरुलाई बितरण गरिएको थियो । कलवार समाजले तराईमा अत्याधिक जाडो शितलहर परेपछी करिव एक हप्ता देखी आज सम्म ५ सय सिरक बितरण गरेको कलवार समाजका भोला कलवारले बताउनुभयो । 

बीरगंज लगायत तराईमा एक्कासी शितलहर वढनुको साथै जाडो बढेपछी कलवार समाजले ज्याला मजदुरी गरेर आफनो गुजारा गर्ने गरिव परिवारलाई करिव ७ लाख भन्दा बढीको सिरक ५ सय थान बितरण गर्दै आएको छ ।

समाजले पहिला बीरगंजमा रहेका मानव सेवा आश्रममा रहेको अभिभावक बिहिनहरुलाई जाडोवाट बच्नका लागी सिरक बितरण शुरु गरेको थियो । उक्त सिरक बितरण कार्यक्रममा कलवार समाजका पुर्व अध्यक्ष शिव जी प्रसाद कलवार, समाजका पुर्व अध्यक्ष भोला साह कलवार, समाजका पुर्व अध्यक्ष विश्वामित्र कलवार, समाजका संजय कलवार, समाजका बाबुराम कौशिक कलवार जितेन्द्र कलवार बीरगंज माहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष नगिना साह कलवार लगायतकाहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *