अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २३ गते।
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो ।
निगम मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्यमा २ रुपैयाँ बढाएको हो।
इन्धनको मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम गरिएको छ। कोरोनाका बाबजुद पनि भारतबाट आउने इन्धनको मूल्य बढेकाले पुनः समायोजन गरिएको निगमले जनाएको छ।
आन्तरिक ह्वाइ इन्धनतर्फ ८४ प्रतिलिटर, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ ७५४, एलपी ग्याँसमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धी गरेर १४२५ रुपैयाँ पुर्याइएको निगमले जनाएको छ ।
निगमका अनुसार मंगलबार राति १२ बजेदेखि नै इन्धनका मूल्य बढाएको छ ।