मिथिला क्षेत्रमा छठ पर्वको रौनक, आज ‘नहाय-खाय’

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २२ गते।

तराई मधेशमा पाँच दिनसम्म अत्यन्त श्रद्धा एवं निष्ठापूर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज ‘नाहय-खाय’ रहेको छ ।

आजको दिन छठ ब्रतालुलहरुले नुहाएर भोजन गर्ने गर्दछन् । त्यसले आजको दिनलाई ‘नहाय–खाय’ भनिन्छ ।

कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् । निरामिष (साविक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु हुने पर्व परम्परा छ ।

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको तेश्रो दिन भोलि तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

यस वर्ष छठको मूल विधि चौथो दिन बुधबार परेको छ । चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने पाचौ दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् ।

तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *