अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २१ गते।
केहि हप्ता अगाडि अविरल बर्षाको कारण तराई मधेसमा एकासी आएको हुरीबतास र बिरल बर्षाको कारण तराई मधेसमा निकै जनधनको क्षेती भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का युवा प्रभावशालीन नेता सरोज कुमार यादवका अनुसार नेपाल कृषि प्रधान देश भए पनि किसानहरुको पिडाको जौको तौ रहेको नेता यादवले बताए।
किसानहरुको समस्या बुझ्ने निकाय नै मौन रहेको देखिन्छ लहान ३ का किसान फौदीलाल महतोले दुखेसो पोखदै भने आफुले उत्पादन गरेको कृषि जन्य उपज र तरकारी बालीनालीको भाउ आफुले मुल्य निर्धारण गर्न बाट पनि बन्चित रहेको बताए।
किसानहरुलाई राज्यले नै पछाडी धकेलीको अर्थात राज्य नै पछाडि पारेको अवस्था रहेको छ। किसानको दु:ख पिडाको देखेर आफू नैकै नै पिडादाई र दु:खद रहेको नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह संग कुरा गरेका थिए।
किसानको उत्थान गर्ने संघ संस्था र ब्यक्तीहरु नै बिकाउ रहेको देखिन्छ। नेपाल कृषि प्रधान देश भए पनि राज्यले सब भन्दा बढी बजेट कृषि क्षेत्रमा नै छुटयाउने गरेको छ्।राज्यले सच्चा किसानको लागी अनुदानको बेवास्ता मिलाए पनि राजनीतिकारणको कारणले गर्दा देशमा गैरकिसानहरुले नै अनुदान पाएको अवस्था रहेको छ्।
किसान अगुवा तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका युवा जनप्रिय् नेता सरोज कुमार यादवले किसानहरुले अनुदान र क्षती पुर्ती नपाउँदा दु:ख ब्यक्त गरेका छन्।
किसानहरुलाई राज्यबाट पहिलो प्राथमिकताको साथ नयाँ कृषि नितिको माद्य्मले अनुदानको ब्यस्था गर्नु पर्ने केन्द्रिय सरकार र प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका थिए।