अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन ७ गते।
कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षकका अनुसार महाकाली माध्यमिक विद्यालयमै कक्षा ६ मा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानाले विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोप आरोप लागेको जनाएको छ ।
पीडित बालिकाका परिवारले ढुङ्गानाविरुद्ध किटानी जाहेरी दिएपछि थप अनुसन्धान भईरहेको जनाएको छ ।