अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,फागुन ७ गते।
महोत्तरीबाट एक क्विन्टल लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं ६ बाट बिहीबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले एक सय किलो गाँजा बरामद गरेको हो ।
ज १० प ३९६६ नम्बरको मोटरसाइकलमा बेच्न लग्दै गरेको एक सय किलो गाँजा बरामद गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रहरीलाई देखेपछि तस्करले मोटरसाइकल र गाँजा छाडेर भागेको महोत्तरी प्रहरीले जनाइएको छ ।