रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ७ गते।

रामेछापको मन्थली नगरपालिका- १ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

मन्थली नगरपालिका-४ सालुबाट सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थी बोकेर मन्थलीका लागि छुटेको बा ५ ख २८५७ नम्बरको बस मच्छेडाँडीमा दुर्घटना भएको हो । तीव्र गतिमा गुडिरहेको बस ट्र्याक्टरलाई साइड दिने क्रममा सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुलाई उपचारका लागि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बसमा ५५ जना विद्यार्थी रहेका  श्रेष्ठले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *