अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,फागुन ७ गते।
विराटनगर कारागारबाट राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ३० जना र बालसुधार गृहबाट १ जना गरी ३१ जना कैदीको कैद सजाय मिनाहा भएको छ ।
विराटनगर कारागारबाट कैद मिनाहा पाउनेहरुमा सबैभन्दा धेरै कर्तव्य ज्यान मुद्दाका १६ जना रहेका छन् । यसैगरी सवारी ज्यानमा ६ जना, ज्यान मार्ने उदोगमा ३ जना, कुटपिट अंगभङ्ग २ जना, डाका एक र चोरी एकजनारहेका छन् । यसैगरी गौबधमा एकजनाले कैद मिनाहा पाएका हुन् । बालसुधार गृहमा लापवाहीबाट हत्या, हातहतियार खरखजनाका एकजना कैदीको कैद मिनाहा भएको लामिछानेले जानकारी दिनुभयो ।
नेपाल सरकारले चार सय एक जना कैदीको कैद सजाय मिनाहा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदमा माफी मिनाहा गरिदिएकी हुन् ।