अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ७ गते।
सुनको मूल्य निरन्तर ओराले लाग्दै गएको छ । आज नेपाली बजारमा सुनको मुख्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
बिहीबार ८९ हजार २ सयमा कारोबार भएको छापावल सुनको भाउ शक्रबार ८८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो मंगलबार यता मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको हो । महासंघले आज तेजावी सुनका भाउ ८७ हजार ७५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितेला मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ ।
बिहीबार १३३५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ १३०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।