अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ७ गते।
प्रदेश २ का प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

प्रदेश प्रमुख परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए।
बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए।