प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ८ गते।

तिलक परियारलाई पदमुक्त गरेर प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *