अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन ८ गते।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका र बेदकोट नगरपालिकामा शुक्रबार राति आगलागी भएको छ।
बेलडाँडी गाउँपालिका ५ इमालियामा साँझ ६ बजे स्थानीय सोनुराम चौधरीको २ कोठे कच्ची घरमा आगलागी भएको छ।
भान्साबाट सल्को आगोले घरमा आगलागी भएको हो। आगलागीबाट ५ बोरा धान, १ बोरा कपास जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको सक्रियातामा आगो नियन्त्रणमा लिइएको थियो।
यस्तै शुक्रबार राति ८ बजेतिर जिल्लाको बेदकोट नगरपालिका ७ गौजी बस्ने स्थानीय दिवानी सुनारको घरको आँगनमा राखिएको परालमा आगलागी भएको थियो। आगलागीबाट मानवीय र पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ।