अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,फागुन १० गते।
१४ फरवरि अर्थात प्रणय दिवसको दिन जनकपुरधाममा एक कार्यक्रमको बिच लोकसेवा आयोगमा नाम निकाल्न सफल सिरहा की नेहा मंडललाई सम्मान गरिएको छ ।
प्रणय दिवसको दिन जनकपुरधामको मसाला कटेजमा आयोजित एक कार्यक्रममा प्रदेश नं. २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र यादवको प्रमुख आतिथ्य र अन्नपूर्ण युथ कल्बका अध्यक्ष विरेन्द्र प्रसादको विशिष्ट आतिथ्यमा मंडललाई भेसपा भि एक्सल १२५ सिसिको स्कुटि प्रदान गरि सम्मान गरिएको थियो ।

२१ औँ शताब्दिमा हाम्रो समाजमा यथावत रहेको छोरा छोरिबिचको भेदभावलाई अनत्य गर्दै सिरहा की नेहा मंडलले लोकसेवा मार्फत नाम निकालि अहिले कमला नगरपालिकामा सब ईन्जिनीयरका रुपमा कार्यरत भई समाज र देशको लागि उदाहरणीय बनेको कार्यक्रमका वक्ताहरुले बताउनुभयो ।
अहिले हामि २१ औँ शताब्दिमा छौँ । हाम्रो समाज २१ औँ शताब्दिमा रहेपनि छोरा छोरिबिचको भेदभाव कायमै रहेको देख्न सकिन्छ ।
हाम्रो समाजमा अहिले पनि छोरालाई ईश्वरको वरदान र छोरिलाई अभिश्राप मानिन्छ । छोरा हुने बितिकै हरेक आमा बाउको सपना डाक्टर ईन्जिनियर बनाउने हुन्छ भने छोरि जन्मने बितिकै उसलाई समान्य शिक्षा दिई बिहाबारि गराउने सोच हुन्छ ।
अहिले मुख्यमन्त्री योजना अन्तर्गत बेटि पढाउ बेटि बचाउ भन्ने अभियान नै निकालिएको छ । यतिमात्र नभई विभिन्न संघसंस्थाहरु पनि यस अभियानमा सक्रिय रहेको देख्न सकिन्छ । तर यसको प्रभाव भने नारा सम्म मात्र सिमित रहेको देख्न सकिन्छ ।
तर हाम्रो समाजमा यस्ता विभिन्न उदाहरण हरु पनि छन् जहाँ छोरि स्वयमले आफनो मिहिनत ले आफनो पढाईलाई निरन्तरता दिदै लोकसेवा सम्ममा पनि नाम निकालि काम गर्न सफल हुनुभएको छ ।
यसको जिवन्त उदाहरण आज हाम्रो बिच रहनुभएको छ ………