अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १० गते।
प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् ।
ओली आज बिहान काठमाडौँबाट हुने श्रीएयरलाइन्सको पहिलो उडान मार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ। केहीबेर आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर जाने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षकले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।