अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,फागुन १२ गते।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै जनकपुरधाममा खुशीयाली मनाइएको छ ।
जनकपुरधाममा खुसीयालीसहित दीप प्रज्वलन गरिएको छ ।
स्थानीय युवाहरुको एक समूहले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको जनक चोकमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिपावली मनाएका हो ।
सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको स्थानीय युवाहरुले प्रतिक्रिया दिए ।
उनीहरुले दिप प्रज्वलन गर्दै धनुषाका विभिन्न नगरमा विजयोत्सव मनाइरहेको नेकपा प्रचण्ड माधव पक्षका धनुषा जिल्ला सचिवले बताए । उनले अदालतको यो फैसला ऐतिहासिक जित भएको भन्दै प्रतिक्रिया दिए ।