१० लाख नेपाली रुपैयाँसहित दुईजना महिला सप्तरीबाट पक्राउ

अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,फागुन १२ गते।

१० लाख नेपाली रुपैयाँसहित मंगलबार दिउँसो सशस्त्र प्रहरीले दुई महिलालाई सप्तरीबाट पक्राउ गरेको छ । 

सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास पक्राउ परेकी हुन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रमा चेकजाँचमा खटिएको सशस्त्रका प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट श्रोत नखुलेको १० लाख रुपैयाँ बरामद भएको र दुबैलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *